नियम २२
क्वाइन वा चिप्सको संख्या तोक्नु पर्ने

(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेलाडीले खेल खेल्नको लागि खरिद गर्न सक्ने क्वाइन वा चिप्सको अधिकतम संख्या
तथा मूल्य तोक्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले एक खेलाडीले खरिद गरेको क्वाइन वा चिप्स अर्को खेलाडीलाई सापटी दिन वा स्वामित्व यकिन नभएको रकम स्वीकार गरी खेल खेलाउन पाउने छैन ।